काठमाडौँ। चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालमा अहिले लाइभ राउन्ड चलिरहेको छ भने भ्वाइसले टप १६ जना दमदार प्रतिस्पर्धाहरू प्राप्त गरिसकेका छन् ।

शनिबार प्रसारित ‘द भ्वाइस अफ नेपाल’को ९ औँ लाइभ राउन्ड अर्थात एपिसोड २५ मा टिम प्रमोद र टिम सनुपका चार प्रतिस्पर्धीहरूले आफ्नो प्रस्तुति दिए तर त्यो भन्दा अघि अघिल्लो हप्ताको प्रस्तुतीबाट भोटिङका लागि गएका दुई कोचका ४ जना प्रतिस्पर्धीहरूको रिजल्ट सुनाइएको थियो जसमा टिम अभयाबाट अमश्रा कुवंर आउट भएकी छिन् भने टिम दिपबाट यानी श्रेष्ठ ।

द भ्वाइसको टप १६ बाट बाहिरिएसँगै कोच अभयाको टिमबाट आउट भएकी रकस्टार आश्राको अन्तर्वार्ता आएको छ । उनले कुराकानीको क्रममा आफू दर्शकको कम भोटका कारण आउट भएको सहर्ष स्वीकारिन् भने कार्यक्रमको फर्म्याट र टिम प्रति कुनै गुनासो नभएको बताइन् । साथै उनले द भ्वाइसबाट बाहिरिनुलाई एक प्रकारको जित नै ठानेकी छिन् ।

http://https://youtu.be/GW9XU4k5Sig?t=480

ujyaalodainik.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार