मस्को। रुसको भ्लादिमिर शहरका इभान सुखोवको अहिले निकै चर्चामा छन् । इभान ३ श्रीमतीसँग बस्छन् । उनले आफ्ना श्रीमतीलाई सजाय दिन निकै रोचक तरिका खोजेका छन् । जब इभानको कुनै श्रीमतीसँग मनमुटाव हुन्छ उनी ती श्रीमतीसँग यौन सम्बन्ध राख्न बन्द गरिदिन्छन् र एक महिनासम्म ती श्रीमतीलाई आफ्नो बेडबाट टाढा राख्छन् ।

३४ वर्षका इभानका तीन श्रीमती छन् । रुसको कानुनअनुसार आधिकारिक रुपमा एउटी मात्र श्रीमती राख्न पाइन्छ तर आपसी समझदारीका अन्य दुई महिला पार्टनर पनि राख्न पाइन्छ । रुसमा यसलाई पोलीगेमी भनिन्छ । पोलिगेमिस्ट बन्नुभन्दा पहिले इभान ११ वर्षसम्म आफ्नी एकमात्र श्रीमती नतालिया सुखोवसँग बसे । तर इभानको सपना छ कि उनी थुप्रै पार्टनरसँग बसुन् र उनको परिवारमा करिब ५० छोराछोरी होउन् ।

स्थानीय अस्पतालकी नर्स इभानकी पत्नी नतालियाले पहिले आफू इभानको कुराको विरुद्ध भएको बताइन् । पछि भने उनले मन बदलिन् र इभानलाई यसो गर्न अनुमति थिइन् । अहिले इभानका ९ सन्तान छन् । यीमध्ये ६ सन्तान नतालियाका हुन् र ३ सन्तान इभानकी अर्की पार्टनर एनाका हुन् । अहिले एना गर्भवती छिन् र १० औं सन्तानको तयारी गर्दैछिन् । इभान भविष्यमा करिब ५० बच्चा जन्माउन चाहन्छन् ।

इभानकी तेस्री पार्टनर मदिना मुस्लिम हुन् र उनले हालै इभानको परिवारमा पाइला राखेकी हुन् । मदिनाका मातापिता धर्मका कारण यो सम्बन्धको विरुद्ध थिए तर छोरीको जिद्दीको अगाडि हारे । इभान आफ्ना ३ श्रीमतीसँग ३ बिएचकेको फ्ल्याटमा बस्छन् । तर पछि उनी शहरबाहिर एउटा ठूलो घर किन्न चाहन्छन् ।

सुखोवको छुट्टै बेडरुम छ र हरेक दिन उनी निर्णय गर्छन् कि आज उनीसँग कुन पत्नीले रात बिताउनेछिन् । नतालियाका अनुसार धेरैजसो सबैको नम्बर पालैपालो आउँछ । कैयौं पटक भने उनी कुनै एक पत्नीसँग रिसाउँछन् । यस्तो भयो भने सजायको रुपमा इभान ती पत्नीसँग एक महिनासम्म यौन सम्बन्ध बन्द गरिदिन्छन् । त्यो एक महिनासम्म ती पत्नी इभानको कोठामा पस्न पनि पाउँदिनन् । इभान र उनका तीन श्रीमती सबैको जागिर छ र परिवारको प्रशस्त आम्दानी छ । उनीहरु आफ्ना सबै सन्तानलाई राम्रो भविष्य दिने बताउँछन् । ujyaalodainik.com

Share this:

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार