काठमाडौँ – सन् २०१८ मा भएको मिस नेपाल वर्ल्डकी बिजेता श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा छिन्। ११८ देशका ११८ प्रतियोगीसँग भिड्दै गरेकी श्रृंखलालाई मिस वर्ल्डको बलियो प्रतिस्पर्धि मानिएको छ। मिस वर्ल्ड प्रतियोगितामा जानुअगाडि उनले मकवानपुरको चेपाङ् बस्तीमा क्याम्प पनि बनाएकी थिइन्।मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते अर्थात डिसेम्बर ८ चीनको सान्या सहरमा हुँदैछ । मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन्।

एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेकी हुन् ।अहिले चीनको सान्या शहरमा भएकी श्रृंखलाले मिस वर्ल्ड प्रतियोगितामा सहभागी भएपछि केही फोटो र भिडियोहरु सामाजिक सञ्जालमा शेयर गरेकी छन्।achhamnews.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार