३३ किलाे सुनकाण्डकाे चर्चा लगभग सेलाइसकेकाे छ । यस प्रकरणमा पक्राउ परेका ठूला प्रहरी अधिकारीहरु पनि छुटिसकेका छन् भने मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती उर्फ गाेरेसहित अन्य केही व्यक्ति जेलमा छन् ।
इन्टरपोलको ८७औं महासभामा सहभागी हुँदै अाइजीपी खनाल
साेही सुन तस्करी काण्डमा मुछिएका र अदालतलार्इ पैसा बुझाएर ‘फरार’ रहेका ठाकुर ढुंगाना युएर्इकाे एक कार्यक्रममा देखिएका छन् । यति मात्र हाेइन, उनीसँगै नेपाल प्रहरीका महानिरीक्षक (अाइजीपी)लगायतका केही प्रहरी अधिकारीहरु पनि साे कार्यक्रममै अभियुक्तसँग ‘उठबस’ गरिएकाे देखिएकाे छ ।
एनअाएनएकाे सभामा अाइजीपी खनाल
महानिरीक्षक सर्वेन्द्र खनाल युएर्इकाे दुबईमा अायाेजित (नाेभेम्बर १८ देखि २१) इन्टरपोलको ८७औं महासभामा सहभागी हुन दुबई पुगेका बेला सुन तस्करीका विवादास्पद व्यक्तिसँगै एकै मञ्चमा बाेलेकाे मात्र नभर्इ रात्रिभाेजमा समेत सरिक रहेकाे विशेष स्राेतबाट खुल्न अाएकाे छ ।
इन्टरपोलको महासभामा माग लिन नेपालबाट आईजीपी खनालसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी निरज शाही, इन्टरपोल शाखाका एसपी उमेशराज जोशी, कुकुर शाखाकी प्रहरी एसएसपी देउती गुरुङलगायतका अधिकारी दुबर्इ पुगेकाे थिए ।
एनअाएनएकाे सभामा सम्बाेधन गर्दै अाइजीपी खनाल
आइजिपी खनाललगायतका अधिकारीहरु शुक्रबार (नाेभेम्बर २३)मा एनअारएन-युएर्इकाे राष्ट्रिय समन्वय परिषद्काे वार्षिक भेलामा सुन तस्करीमा मुछिएका ठाकुर ढुंगानासँगै देखिएका थिए । यही कार्यक्रममा अर्का विवादास्पद व्यापारी दीपक मल्होत्रा समेत उपस्थित थिए ।
एनअाएनएकाे सभामा सम्बाेधन गर्दै सुन तस्करीका अाराेपी ठाकुर ढुंगाना
अाइजीपी खनाल र विवास्पद व्यवसायी ठाकुरले एनअारएनएकाे उक्त सभामा सम्बाेधन समेत गरेकाे विभिन्न तस्वीर र भिडियाेहरुमा देख्न सकिन्छ ।
स्रोतका अनुसार सभाकाे २ दिनअघि मात्र बुधबार (नाेभेम्बर २१) दुबईमै ठाकुर लगायतकाे अगुवाइमै भएकाे एनअारएनकाे छुट्टै जमघट, जहाँ अाइजीपी खनाल लगायतका उच्च अधिकारीहरु रात्रिभाेजमा सरिक थिए ।
नेपालकाे राष्ट्रगान गाउँदै एनअारएनए युएइका अगुवासँगै ठाकुर
३३ किलाे सुन तस्करीसँगै बाहिरएकाे ३८ क्विन्टल सुन तस्करीमा संलग्नहरुकाे नालीबेलीमा ठाकुर पनि मुख्य रुपमा संलग्न रहेकाे पाेल खुलेकाे थियाे । पाेल खुलेपछि धादिङको नीलकण्ठ– ५ स्थायी घर भई पछिल्लाे समय यूएईमा व्यवसाय गर्दै आएका ठाकुर केही महिनाअघि अाफै माेरङ उच्च अदालतमा उपस्थित भर्इ १० लाख धराैटी बुझाएर उम्किएकाे बताइन्छ ।
ठाकुर सुनकाण्डका मुख्य अभियुक्त बनाइएका ‘गोरे’का भाइसँगै दुबर्इमा रहेर सुन तस्करीकाे सेटिङ र हुन्डी कारोबारमा संलग्न रहँदै अाएका थिए । उनी दुबर्इमा ट्राभल एजेन्सी चलाएर बस्दै अाएका छन् ।







