
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकट स्वास्थ्यकर्मीको राष्ट्रिय भेलाले टीका कँडेललाई अध्यक्षमा निर्वाचित गर्दै २८ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
सोमबार काठमाडौँको शङ्खमूलमा भएको भेलाले उपाध्यक्षमा पिताम्बर भुर्तेल, महासचिवमा प्रकाश चन्द, सचिवमा रत्न शर्मा, कोषाध्यक्षमा कैलास लामा र सदस्यहरूमा नरबहादुर थापा, भैरव बोहोरा, शिला गैरे, विनोद रावल, लोकेश जोशी, अम्बिका पाठक, रमानन्द जोशी रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा योगेन्द्र यादव, युगेश्वर शर्मा, फुलराम चौधरी, भीम लामा, गोविन्द सापकोटा, दीपेन्द्र पोडैल, जयराम रायमाझी, पुष्पाकुमारी महत्तो, रीता ढुङ्गाना, सपना लामिछाने, सुशीला गैरे, कुरान अली, शारदा केसी रहेका छन् ।
भेलाको उद्घाटन नेकपाका स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज सुदर्शनले गरेका थिए । भेलाका सहभागीलाई पीबीएम तथा पूर्वी कमान्ड इन्चार्ज एवम् विशेष अतिथि अनिल विरहीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेकपाका नेताहरू पीबीएम ओमप्रकाश पुन ‘निर्माण’, देवनारायण शाह, राजु कार्की, प्रज्वल श्रेष्ठलगायतको उपस्थिति थियो ।







