
बहिगर्मित जनमुक्ति सेना नेपालका सदस्यहरूले प्रचण्डलगायत जनयुद्धलार्इ धाेका दिने नेताहरूकाे घरमा अात्मघाती बम बनेर पड्किने चेतावनी दिएका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलकाे अगाडि अाफ्नै सहयाेद्धाले विष सेवन गरेपछि बहिगर्मित जनमुक्ति सेनाका सदस्यहरूले यस्ताे चेतावनी दिएका हुन् । काठमाडाैंस्थित रिपाेर्टस् क्लबमा पत्रकार सम्मेलन गरेर उनीहरूले जनयुद्ध र जनमुक्ति सेना नेपाललार्इ धाेका दिने नेताहरूलार्इ अाफुहरूले नछाेड्ने चेतावनी दिएका छन् ।
जनयुद्धबाट अाएका केही नेताहरू राताे कार्पेटमा हिड्ने र चिल्लाे गाडीमा सयर गर्ने तर अाफुहरू सडकमा भाैतारिदै हिड्नु परेकाे भन्दै उनीहरूले ती धाेकेबाज नेताहरूलार्इ कदापी नछाेड्ने चेतावनी दिएका हुन् ।
जनयुद्धमा नेताहरूले ठूल्ठूला अाश्वसानहरू दिने तर अहिले तिनै नेताहरूले पूरानाे सत्ताकाे चास्नीमा डुबेर जनमुक्ति सेना र घाइते सबैलार्इ धाेका दिएकाे भन्दै उनीहरूले अब अाफुहरूले हजाराैं जनयुद्धका याेद्धाहरूकाे बलियाे संगठन बनाएर धाेकेबाजहरूलार्इ तह लगाउने चेतावनी दिए ।
धर्रधरी रूदै बहिर्गमित जनसेनाका सदस्यहरूले अब धैर्यकाे बाँध टुटिसकेकाे भन्दै कुनैबेला अाफुहरू बाेकाेहराजस्तै बनेर पड्किने चेतावनी समेत दिएका छन् ।







