
एसिया प्यासिफिक सम्मेलनका लागि काठमाडौं आउने पाहुनाको यातायात सहज बनाउन भन्दै सरकारले चारदिनसम्म गरेको जोरबिजोर प्रणालीका कारण यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । समयमा गन्तव्यमा पुग्न नपाएर उपत्यकामा हजारौं यात्रुले सास्ती बेहोर्नुपर्यो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ र १५ गते बिजोर र १४ र १६ गते जोर नम्बर भएका सवारी साधन चलाउन पाइने व्यवस्था गरेको जनाएको छ । तर पनि सम्पूर्ण सरकारी, अर्धसरकारी र निजी कार्यालयहरु सञ्चालनमा रहेका कारण यात्रुले सास्ती बेहोर्नुपरेको हो ।
महाशाखाले एम्बुलेन्स र अत्यावश्यकीय सामग्री ढुवानी गर्ने सवारीलाई भने सञ्चालनमा रोक नलगाएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले जानकारी दिए ।
यसैबीच नेपाली कांग्रेसका नेता गगन थापाले ट्वीट गर्दै बिहीबारबाट लागु भएको जोर बिजोर प्रणाली अवज्ञा गर्न आग्रह गरेका छन् ।
“सही कामको लागि सरकारले आह्वान गर्दा जोरबिजोर मात्रै होइन, गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारले गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।







