सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलार्इ अाफ्नै कार्यकर्ताबाट खुलेअाम याैन हिंसा गरेकाे गंभीर आरोप लागेको छ ।

आफ्नै पार्टीकी नेतृले राईमाथि आफ्नो संवेदनशिल अंगमा छोएको भन्दै याैन हिंसाको आरोप लगाएकी छन् । अविवाहित राईले केहि समयमै लगन गाठो गास्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

युवा संघको केन्द्रिय सदस्य समेत रहिसकेकी बालिका खड्काले मुख्यमन्त्री राईले याैन दुर्व्यहार गरेको आरोप लगाएकी हुन् । मुख्यमन्त्री राईले बालिकालाई प्रहरीकोमा बोलाएर थुनाएको रहस्य समेत बाहिर आएको छ ।

राईले आफूलाई याैन दुर्व्यवहार गरेको तर, सम्बन्ध भने पराइको जस्तो देखाएको भन्दै उनले आक्रोस व्यक्त गरेकी छन् ।

पीडित खड्काले राईले आफूलाई गरेको यौन हिंसाबारे उजुरी दिएको बताएकी छिन् । उजुरी गर्दा आफूलाई प्रधानमन्त्री ओलीको सचिवालयबाट जागिरबाट हटाएको खड्काले बताएकी छिन् । त्यसपछि आफूलाई युवासंघको केन्द्रीय सदस्य पदबाटै हटाएको पनि उनले बताएकी छिन् ।

विद्यादेवी भण्डारीले राष्ट्रपति पदको दोस्रो पटक जिम्मेवारी लिँदै गर्दा शीतलनिवासमै मुख्यमन्त्री राईले आफ्ना सम्वेदनशील अंगमा छोएको दाबी उनले गरेकी छिन् । मुख्यमन्त्री राईले यसबारेमा केही प्रतिक्रिया दिएका छैनन् । यद्यपी याैन हिंसाको आरोप लगाउने खड्का समेत अविवाहित रहेको जनाएकी छन् ।

यसअघि पनि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितमाथि समेत याैन दुर्व्यवहारको आरोप लागेको थियो भने उनी अहिले मन्त्रीबाट नै बर्खास्त भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार