अनलाइन डबली संवाददाता,

माओवादी केन्द्रका महासचिव तथा महान् जनक्रान्तिका सहिद परिवार समाज तथा पूर्व जनमुक्ति सेना विभाग संयोजक कर्णजीत बुढाथोकी ‘शुसिल’को नेतृत्वमा गएको टोलीले गृहमन्त्री बादललाई भेटेर सरकारसँग जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरेका छन् ।

त्यसैगरी गणतन्त्र, संघीयतालगायतका राजनैतिक उपलब्धी प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने सहिद परिवार र पूर्व जनमुक्ति सेनालाई मासिक ‘गणतान्त्रिक भत्ता’ र परिचय पत्रको व्यवस्था गर्न पनि माग गरेको छ ।

संयोजक शुसिलले हस्ताक्षर गरेको मागपत्रमा पूर्वजनमुक्ति सेनाका बालबालिकालाई शिक्षाको लागि पूर्वजनमुक्ति सेना विद्यालय स्थापनाको माग गरेको छ ।

यस्ता छन् मागहरुः

१. १० वर्षे महान् जनयुद्धका सहिदहरुलाई राज्यले सहिद घोषणा गर्ने सहमति गरेको तर गणतन्त्र प्राप्त भएको १० वर्ष बित्दापनि सहिद घोषणा नभई मृतक परिवारको रुपमा पहिचान दिएको हुनाले यथाशक्य सहिद घोषणा गरियोस् ।

२. गणतन्त्र संघीयतालगायत राजनैतिक उपलब्धी प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने सहिद परिवार र पूर्वजनमुक्ति सेनालाई मासिक १० हजार ‘गणतान्त्रिक भत्ता’ र परिचयपत्रको व्यवस्था गरियोस् ।

३. जनयुद्धकालिन समयमा घाइते–अपांग भएका पूर्वजनमुक्ति सेना र नेता–कार्यकर्ताको उपचार र स्वास्थ्य बीमाको व्यवस्था गरियोस् ।

४. सहिद प्रतिस्ठानद्वारा स्थापना भएका विद्यालयहरुमो स्तर वृद्धि गरी सहिद परिकारका बालबालिकाको उच्च शिक्षा दिने व्यवस्था गरियोस् ।

५. पूर्वजनमुक्ति सेनाका बालबालिकाहरुको शिक्षाको निम्ति पूर्व जनमुक्ति सेना विद्यालय स्थापना गरियोस् ।

६. सीमा सुरक्षा, बलात्कार नियन्त्रण चोरी डकैती, तस्करी गुण्डा नियन्त्रणको अलवा विकास निर्माणको सहिद परिवार र पूर्व जनमुक्ति सेना सम्मलित १ जना स्यमसेवक दल गरियोस् ।

७. राजनैतिक परिवर्तनको निम्ति विशेष भूमिका खेलेका पूर्वजनमुक्ति सेनालाई निर्वाचन ऐन संशोधन गरी राज्यको तीनवटै तहमा सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गरियोस् ।

ज्ञापनपत्र बुझ्दै मागहरु जायज भएको बताउँदै सरकार गम्भीर भएको बताएको ज्ञापनपत्र पछि माओवादी केन्द्रका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । आफूहरुका माग पूरा नभएपछि आन्दोलनमा जाने चेतावनी उनले दिए ।

ज्ञापनपत्र बुझाउन माओवादी केन्द्रका उपाध्यक्ष उपाध्यक्ष तिलक थापासहितका नेताहरु सिंहदरबार पुगेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार