बलात्कार पछि हत्या भएको कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्यायको माग गर्नेलाई पक्राउ गर्नको लागि सरकारले प्रहरीलाई निर्देशन दिएको भेटिएको छ ।

शुक्रबार पोस्टर टाँस्ने क्रममा १२ जनालाई पक्राउ गरेपछि यो विषय बाहिर आएको हो । महानगरीय प्रहरी बृत्त सिंहदरबारका एक प्रहरी अधिकारीले पोस्टरटाँस्नको लागि गृहमन्त्रालयबाट नै आदेश आएको जानकारी दिए । पक्राउ परेका १२ जनालाई सिंहदरबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

शुक्रबार दिउँसो माईतीघर मण्डलाबाट ३ जना पुरुष र ९ जना महिलालाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त सिंहदरबारले जनाएको छ ।

बृत्तका अधिकारीहरुका अनुसार गृहमन्त्रालयबाट नै निर्मला पन्तको विषयमा पर्चा पम्प्लेट टाँस्नेलाई पक्राउ गर्नु भन्ने आदेश रहेकोले यस्तो गरिएको हो । पक्राउ परेका १२ जनालाई कहिले हिरासत मुक्त गराईन्छ ? भन्ने विषय अहिले नै जानकारी दिन नसकिने बृत्तका प्रहरीअधिकारीहरुले जनाएका छन् ।

यस अघि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री गोकूल बाँस्कोटाले निर्मला पन्तको विषयमा सरकारी सञ्चारमाध्यमहरुमा कुनैपनि सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्देशन दिएको समचार बाहिर आएको थियो ।

यसमा सञ्चारमन्त्री बास्कोटाले आपत्ति जनाएको भएपनि त्यसपछि समेत सरकारी सञ्चारमाध्यमहरुले यस्ता सामग्रीहरु प्रस्तुत गरेका छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार