विप्लव नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य एवं जनमुक्ति सेनाका पूर्व कमाण्डर उदयबहादुर चलाउने दीपकले शान्तिप्रकिया जनयुद्धलार्इ समाप्त  पार्ने ठूलाे षडयन्त्रकाे रूपमा रहेकाे बताएका छन् ।

दश वर्षे जनयुद्धमा प्रचण्डमा हावी भएकाे अात्मसुरक्षावाद र अात्मसमपर्णवादलार्इ ढाकछाेप गर्न षडयन्त्रकाे रूपमा शान्ति प्रकियाकाे बाटाे लिएकाे जनसेनाका पूर्व कमाण्डर चलाउनेकाे भनार्इ छ।

जनपाटी अनलाइन टिभीसँगकाे लामाे कुराकानीमा जनमुक्ति सेनाका पूर्व सिनियर कमाण्डर यस्ताे खुलासा गरेका हुन् ।

प्रचण्डले रूकुमकाे असफल खारा अाक्रमणपछि अात्मसुरक्षा र अात्मसमर्पणकाे बाटाे अंगालेकाे र त्यही बाटाेलार्इ ढाकछाेप गर्न चुनबाङ बैठककाे नाटक मंचन गरिएकाे चलाउनेकाे दाबी  छ ।

दश वर्षे जनयुद्धमा तत्कालीन जनमुक्ति सेनाले ८० प्रतिशत लडाइँ जितेकाेमा प्रचण्डले २० प्रतिशत भाेगेकाे असफलतालार्इ ठूलाे हतियार बनाएर जनयुद्धलार्इ शान्तिप्रकियाबाट समाप्त पारेकाे पूर्व कमाण्डर चलाउनेकाे भनार्इ  छ ।

जनयुद्ध जितकाे नजिक पुगेकाे बेला प्रचण्ड र बाबुरामले जितेकाे लडाइँलार्इ हारमा परिणत गरेकाे चलाउनेकाे तर्क  छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार