नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर केसी अाजादले निर्मला पन्तका हत्यारालार्इ वर्तमान सरकारले पत्ता लगाएर कार्वाही गर्न नसकेकाे भन्दै अब अाफ्नाे पार्टीले पत्ता लगाएर कार्वाही गर्ने बताएका छन् ।

निर्मला पन्तकाे हत्यारालार्इ कार्वाही गर भन्दै नेकपाले काठमाडाैंमा अायाेजना गरेकाे कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य अाजादले यस्ताे बताएका हुन् ।

नेपाली चेलीहरू दिनानु दिन बलात्कार र  हत्याकाे काेपभाजनमा परेकाे भन्दै नेता अाजादले वर्तमान सरकार बलत्कारी र हत्याराहरूलार्इ जाेगाउन लागि परेकाे अाराेप लगाए ।

काठमाडाैंकाे शान्तिबाटिकामा अायाेजित र्यालीपछिकाे काेणसभामा नेकपाका केन्द्रीय सदस्य अाजादसहित अखिल नेपाल महिलासँघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द लगायत बक्ताहरूले संवाेधन गरेका थिए ।

र्यालीमा निर्मलाका हत्यारालार्इ कार्वाही गर जस्ता प्लेकार्ड बाेकेर प्रर्दशनकारीहरूले नगर परिक्रमा गरेका थिए । र्यालीपछिकाे काेणसभामा सामनाका कलाकारहरूले जाेशिलाे नृत्य प्रस्तुत गरेका थिए ।

https://youtu.be/zKF4DD9POlc

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार