सत्ताधारी नेकपा नेता घनश्याम भुसालले दक्षिण कोरियाको विवादित संस्था एशिया प्यासिफिकको कार्यक्रममा सरकारको उठबसको विषयमा संकेत गर्दै कडा असहमति जनाएका छन् । उनले यस्ताे कदमलार्इ सांस्कृतिक अधपतन र नग्नताको असर दरसन्तानले भोग्नु पर्ने बताए ।

शुक्रबार सबै विदेशी पाहुनाहरु घर फर्किएपछि सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि पोख्दै उनले भनेका छन् ‘विगत केही दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान-दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ ।’

तीब्र आलोचनाका बीच पनि पूर्व नेकपा एमालेका नेताहरुले क्रिश्चियन धर्मको प्रचारको लागि यस्तो कार्यक्रम गरेपछि उनीहरु अहिले तीब्र आलोचित भईरहेका छन् । एउटा खास धर्म र सम्प्रदायको मतियार बनेर वर्तमान नेकपा सरकारले राज्यको कुनै जात, धर्म वा सम्प्रदाय हुँदैन भन्ने धर्म निरपेक्षताको सिद्धान्तको समेत खिल्लि उडाएको भन्दै तीब्र आलोचना भोगिरहेको ओली सरकार जनताको भावना मारेर क्रिश्चियन धर्मको प्रचारमा लागेका हुन् ।

मङ्सिर १५ र १६ गते हायात रिजेन्सी होटलमा आयोजना हुने एशिया प्यासिफिक सम्मेलनको निमन्त्रणा कार्डमा युनिभर्सल पीस फेडेरेसनअन्तर्गत सरकार र संसद् सहआयोजक रहेको उल्लेख छ ।

फेडेरेसनको लोगोमुनि नेपाल सरकार र सङ्घीय संसद्को लोगो राखिएको थियो । यसको तीब्र विरोध भएपछि आयोजक संस्थाले सरकार र संसद्को लोगो हटाएको थियो । निमन्त्रणा समितिको अध्यक्षमा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लेखिएपछि यो विवादमा नेपाल पनि मुछिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार