नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र वर्तमान नेकपाकै नेतृत्वको सरकारप्रति चर्को आलोचना भइरहेको छ । विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेशन) ले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नता भएपछि नेकपाभित्र चर्को असन्तुष्टि बढेको हो ।

सरकारले विवादित धार्मिक संस्थाको कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाएको र सहयोगी बनेको भन्दै नेकपाका नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका हुन्। यसको चर्को आलोचना नेताहरुले सामाजिक संजाल र अन्तर्वार्ता मार्फत गरेका छन्।

सम्मेलनमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आमन्त्रण समितिका संयोजक थिए भने प्रधानमन्त्री केपी शर्मा ओली र सरकार सहयोगी बनेको थियो ।

भीम रावल– छानविन हुनुपर्छ 

नेकपाका प्रभावशाली नेता (तत्कालीन नेकपाका उपाध्यक्ष) भीम रावलले ट्वीटरमा ट्वीट गर्दै लेखेका छन् ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थकोमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन। शान्तिका नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ। नभने सरकारले खोजेर भन्नुपर्छ।’

नेता रावलले जताततैबाट सरकारप्रति प्रहार भइरहेका बेलामा सके राम्रा काम गर्ने नत्र नराम्रा कम नगर्ने हो भन्दै सरकारलाई सचेत गराएका छन्। उनले भने, ‘ जसरी म बोल्न वाध्य भएँ नि त्यसरी नै विद्रोह आउन सक्छ। आफ्नै पार्टीका नेताले गरेको कार्यक्रमबारे बोल्न वाध्य हुनु राम्रो हो ?’

उनले आक्रोश पोख्दै भने, ‘ देशभरका पार्टीका नेतालाई उर्दी जारी गरि विवादित कार्यक्रममा बोलाउनु राम्रो भएन।’ उनले अगाडि भने, ‘ यो संस्थाको गतिविधि र हाम्रो राजनीतिक कामलाई प्राथमिकतामा राख्दा यो गलत हो। यसले विश्वलाई गलत सन्देश दिन्छ। गलत संस्थालाई नेपालमा ल्याउनुलाई नै विश्वले राम्ररी हेर्दैन।’

यो सरकारका कामप्रति सन्तुष्ट हुन नसकिरहेका नेता रावलले एसिया प्यासिफिकको कार्यक्रमलाई प्राथमिकतामा राखेर सफल बनाउन लाग्नुले त अझ बढी उदांगो भएको निष्कर्ष समेत निकालेका छन् ।

उनले देशको जनमत एकातिर राख्ने, पार्टीलाई अस्तव्यस्त पार्ने काम गर्नु हुँदैन भनेका छन् । नेता रावलले ‘के वाध्यता आइपर्यो कि यस्तो संस्थालाई नेपाल ल्याउनु पर्यो ?’ भनी छानबिन गर्नसमेत माग गरेका छन् ।

उनले देशको अवस्थाबारे औंल्याउँदै भने, ‘हामीजस्तो द्धन्द्ध व्यवस्थापन गरेर यहाँसम्म आइपुगेको देशमा विवाद ल्याउनु हुँदैन । एकनाथ ढकालजस्तै अरुले योजनावद्ध काम बनाएका हुन सक्छन् ।’

ढकालबारे रावलले भने, ‘एकनाथजी हाम्रो पार्टीको हुँदा पनि होइन । चुनावका बेलामा कार्यगत एकता भयो भनियो । कहाँ कहाँ हामीलाई फाइदा पुग्छ भनेर भनेकै थिएँ । नक्सालमा कार्यालय खोलेर कतिलाई अलपत्र पार्यो कतिलाई कोरिया पठायो यसको छानबिन हुनुपर्छ ।’

उनले अगाडि भने, ‘पार्टीले नसुने जनतालाई भन्छु म । यत्रो पैसा खर्च हुँदा त्यो पैसा कहाँबाट आयो त्यसको अनुसन्धान हुनुपर्छ । हाम्रो पार्टीलाई टुक्राउन यो चाल चलिएको हुन सक्छ ।

घनश्याम भुसाल – नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन

नेकपाका अर्का नेता घनश्याम भुसालले पनि सम्मेलनमा नेताहरुको संलग्नताप्रति आपत्ति जनाएका छन् । उनले भने, ‘ ‘विगत केही दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ ।’

उनले आफूलाई ऐठन भएरै यो ट्वीट गरेको भनेका छन् । अर्थात् उकुसमुकुस देखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार