सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व विद्यार्थी नेता लेखनाथ न्याैपानेले कम्युनिस्ट पार्टीलार्इ खुल्ला बजारकाे माल र सदस्यतालार्इ ट्वाइलेट पेपर बनाएकाे भन्दै गंभीर चिन्ता र अाक्राेश व्यक्त गरेका छन् ।

नेता न्याैपानेले अाफ्नाे सामाजिक सञ्जाल फेसबुक वालमार्फत यस्ताे अाक्राेश व्यक्त गरेका हुन् । उनले अाफ्नाे फेसबुक वालमा लेखेका छन् “कम्युनिस्ट पार्टीलाई खुल्ला बजारको माल र सदस्यतालाईट्वाइलेट पेपरबनाएपछि जसले जे गर्दा पनि कम्युनिस्ट अनुशासनको विषय कसरी बनोस् !?”

न्याैपानेकाे स्टाटसमा प्रतिक्रिया दिनेहरु सबैजासेले उनकाे भनाइमा सहमति जनाएका छन् । महेन्द्र याेञ्जनकाे प्रतिक्रिया यस्ताे छ  “पार्टी त नमज्जाले बिग्रीयो । यो कुरा तपाईं हामी दुई चारले कोट्यायौं भने हामीलार्इ पनि सरम लाग्छ । बरु चुपै लागौं। जमाना तिनीहरुकै छ दाइ।”

नेकपाका खराे र अालाेचक युवा नेताकाे रुपमा परिचित न्याैपानेले मिडियामार्फत सत्ताधारी नेकपा अब कम्युनिस्ट पार्टी नरहेकाे प्रतिक्रया पनि दिदै अाएका छन् ।

स्मरणरहाेस् केही समयअघि सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा अाेलीले क्रिश्चयनहरूले अायाेजना गरेकाे कार्यक्रमकाे अायाेजकजस्तै बनेर अघि सरेपछि त्यसकाे सत्ताधारी नेकपाभित्र ठूलाे अालाेचनाकाे विषय बनेकाे थियाे ।

यही विषयलार्इ लिएर युवा नेता न्याैपानेले सामाजिक संजालमा यस्ताे टिप्पणी गरेकाे हुनुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार