
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद ड. डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा प्रधानमन्त्री र गृहमन्त्री भएको अाराेप लगाइएकी छिन् ।
‘निर्मलाको न्यायका निम्ती’ अभियान चलाइरहेकी उनले साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गरिन् ।
रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा संग्रौलाले भनिन्—‘नेपालमा न्याय मर्यो, न्याय बिक्रि सक्यो,अपराधिहरु सिंहदरबारको सुरक्षाभित्रै छन् ।’ मुलुकका हजारौं निर्मलाहरुको न्यायका लागि आफुले ३ महिनादेखि न्याय देउ भन्ने अभियान चलाइरहेको बताउदै उनले असोज ११ इलामबाट शुरु भएको अभियान सबै प्रदेशमा संचालन गरेको बताइन् ।
निर्मलाहरुको न्यायका लागि सिंगो समाज नजागेसम्म सम्भब नभएको भन्दै उनले बर्तमान ओली सरकार बादशाह, महेन्द्रपथ र निरंकुशतातर्फ गैरहेको समेत दाबि गरिन् । सरकारले न्याय नदिँदा निर्मलाका बुबाको मानसीक सन्तुलन गुमेकोमा चिन्ता ब्यक्त गर्दै उनले निर्मलाका बुबाले आफुसँग ‘कि फाँसी देउ की मलाइ न्याय देऊ’भनेको सुनाइन् ।







