सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् । नेकपा सचिवालय बैठक अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।

तर, समयमै सुरु नभएको भन्दै नेताहरु हिँडेका हुन् । यसबारे सोध्दा प्रवक्ता श्रेष्ठले आफूले सँधै समयको पालना हुनु पर्नेमा जोड दिँदै आएको बताए ।

अरु कार्यक्रम र बैठकहरुमा निर्धारित समयमा पुग्ने र १५ मिनेटसम्म सुरु नभए हिड्ने गरेको भन्दै उनले भने, ‘आज पनि २० मिनेट कुरेँ । बैठक सुरु नभएपछि हिँडेको हुँ ।’

चार नेता बाहिरिएपछि बसेको बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ। स्थायी समितिको बैठक यही मंसिर २९ गतेका लागि बोलाइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार