
मुद्दा मिलाउने बहानामा जनतासँग मोटो रकम उठाउने, सामाजिक दलाल, सुदखोर तथा भ्रष्टाचारमा संलग्न ब्यक्ति नेकपाकाे जनसत्ताको कार्वाहीमा परेका छन् ।
कपिलबस्तु वाणगंगा नगर ३ कर्महनाका युवराज भुषाल जनसत्ताको जनकार्बाहीमा परेका हुन् । जिल्ला जनपरिषद कपिलबस्तु वाणगंगाको नाममा जारी गरिएको एक हस्तलिखित पर्चामा ४ बुदे अभियोग उल्लेख गर्दै भुषाललाई कारबाही गरिएको जनाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनपरिषदको नाममा जारी गरिएको उक्त पर्चामा जनाईए अनुसार भुषालले जनताहरुलाई अनावश्यक रुपमा झुठ्ठा मुद्दा लगाई दुख दिने गरेका थिए ।
साथै महिलाहरूलाई विभिन्न प्रलोभन र बाध्यतामा पारी अनैतिक सम्बन्ध राख्न बाध्य पार्ने गरेको र भ्रष्टाचार तथा ब्यभिचारमा संलग्न भएकोले कार्वाही गर्नुपरेको जनरिषदद्धारा जारी पर्चामा उल्लेख छ ।
युवाराज भुसाललाई जनकारबाही किन ?
१) मुद्दा मिलाउने बहानामा जनासँग मोटो रकम असुलीगरि ठगि गरेकोले ।
२) विभिन्न बहाना बनाइ महिलाहरु संग अनैतिक सम्बन्ध कायम गर्दै (हाल सम्म एउटी महिलालाई रखेलको रुपमा राखेको) आएकोले ।
३) सामाजिक रुपमा दलाल, सुदखोर, भ्रष्टचारी व्यभिचारी भएकोले ।
४) जनताहरुलाई अनावश्यक रुपमा झुठा मुद्दा लगाई दुख दिने काम गरेकोले ।







