कालिकोटको नरहरिनाथ गाउँपालिका वार्ड ६ माल्कोट पुगेका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डलाई स्थानीयले गाजाबाजा सहित गाउँमा भब्य स्वागत एवम् अभिनन्दन गरेका छन ।

लामो समयको हिरासत बसाइँपछि पहिलो पटक अाफ्नो गाउँ पुगेका प्रवक्ता प्रकाण्डलाई देखेपछि स्थानीय भाबुक बन्दै अँकमाल गरेका थिए । वर्तमान सरकारप्रति अाक्रोसित नारा लगाउदै माल्कोटबासिले संसदीय व्यवस्था खारेज गर वैज्ञानिक समाजबाद लागु गर भन्दै गाँजाबाजा सहित स्वागत गरेका थिए

स्वागत पछि स्थानीयलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले शहिदका सपना बेचेर खानेहरुका विरुद्ध एकपटक फेरि सर्घष सहित तपाईंहरूको साथ चाहिएको भन्दै जनतालाई अन्तिम क्रान्तिको लागि साथ दिन र तयारी अवस्थामा बस्न अनुरोध गरेका थिए ।

प्रवक्ता प्रकाण्डले अाफु ५० दिन लामो हिरासत बसाइँको क्रममा राज्यले २ पटक हत्या गर्ने योजना गराएको भन्दै दलाल सत्ताका विरुद्ध एक पटक शशक्त ढंगले लडाइँ लडनु पर्ने कुरामा जोड दिएका थिए ।

प्रवक्ता प्रकाण्डले अहिले स्थानीय निकायमा भष्ट्रचार बढेको भन्दै भष्ट्रचारीलाई गाउँबाट खेद्नु पर्ने बताउ ।झण्डै डेढ बर्षपछि माल्कोट पुगेको प्रवक्ता प्रकाण्डलाई देखेपछि कतिपय वृद्ध बुवाअामाहरुले अाशु झार्दै माला र अविर लगाएर स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार