नेपाल कम्युनिष्ट पार्टीले आफ्नै लगानीमा निर्माण गरेकाे कालिकोट जिल्लाको खुलालु मालकोट सडकखण्ड अा (अाइतवार) पार्टी स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले अबलाेकन गरेका छन् ।

कालिकोटको नरहरिनाथ गाउँपालिका वार्ड ६ माल्कोट पुग्ने ग्रामीण सडकखण्डको  झण्डै साढे ५ किमि पर्ने सडक मध्य ३ किमि सडक निर्माण सम्पन्न भइसकेकाे छ । बाँकी सडक खन्ने कार्य जारी छ । सडक खन्ने सिलसिलामा बीचमा ठुलो चट्टान अाएपछि केही समयलाई खन्ने काम रोकिए पनि अब लगत्तै खन्न सुरु गरिने सडक उपभोक्ता समितिका अध्यक्ष बल बहादुर बुढा अविचलले बताए ।

उक्त सडकको गत फागुन १ गते जनयुद्ध दिवशको अवसर पारेर उद्घाटन गरिएको थियाे । ससस्त्र जनयुद्ध सुरु गर्नुभन्दा अघि देखि निर्माणको योजना बनाईएको उक्त सडक २५ बर्षपछि नेकपाले निर्माण गर्न लागेको हो ।

सडककाे अबलाेकनपछि प्रवक्ता प्रकाण्डले सडक निर्माण सम्पन्न भएपछि साे क्षेत्रका नागरिकलाइ अावत जावतका साथै अार्रथीक उपार्जनमा समेत सहज हुने धारणा राखे । गिरफ्तारपछि पहिलाेपटक माल्काेट पुगेर सडककाे अवलाेकन गर्न गएका प्रकाण्डलाइ स्थानीयले त्यहाँ ब्याप्त समस्याका बारेमा समेत जानकारी गराएका थिए ।

जवाफमा उनले भष्ट्र र दलाल सरकारले विकासको काम अल्झाएको भन्दै भष्ट्रका विरुद्ध सर्घष गर्नुपर्ने बताए । साथै नेकपाकाे केन्द्रिय नीति अनुसार नै विकास निर्माणका कार्यहरू अाफ्नाे पार्टीले गरिरहेकेा बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार