विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरू देशब्यापी संगठन सुदृढीकरण र विस्तार अभियानसँगै जनभेटघाट र जनश्रमदानमा जुटेका छन ।
यसै क्रममा नेकपा मेची ब्यूरोअन्तर्गत इलामा नेकपाका कार्यकर्ताहरू सडक निर्माणमा जुटेका छन् । नेकपाका युवाहरूद्वारा इलामको चुलाचुली गाउँपालिका १ वडामा श्रमदान गरि सडक निर्माण गरेको छ ।
नेकपा ब्युरोको याेजनामा एक किलोमिटर सडक मर्मत गरेकाे छ ।
सडक मर्मतका लागि दर्जनाै युवाले श्रमदान गरेका थिए । सडक भत्किएका कारण स्थानीयवासीलाई अावतजावतमा समस्या भएपछि अाफूहरूले सडक मर्मत गरेकाे अभियानमा सहभागी दीपक विष्टले जानकारी दिए ।
एकीकृत क्रान्तिको उद्घोष गरेको नेकपाले जनतालाई संगठित गर्दै गाउँदेखि शहरसम्म स्थानीयहरूसंग श्रम सहकार्य गरिरहेका छन् ।
विप्लव नेतृत्व नेकपाका केन्द्रीय स्तरका नेताहरु समेत विभागीय जिम्मा लिएर आ-आफ्नो कार्यक्षेत्रमा तल्लिन रहेका छन् । मङ्सिर ८ को बिशाल आमसभाबाट हौसला बटुलेको नेकपाले उच्च मनोबल लिएर बिकट बस्तिहरुमा समेत पुग्न थालेका छन् ।

विप्लव नेकपाले इलाममा बनायो १ किलोमिटर सडक ।

विप्लव नेकपाले इलाममा बनायो १ किलोमिटर सडक ।

विप्लव नेकपाले इलाममा बनायो १ किलोमिटर सडक ।

विप्लव नेकपाले इलाममा बनायो १ किलोमिटर सडक ।

विप्लव नेकपाले इलाममा बनायो १ किलोमिटर सडक ।