मानवअधिकारवादीहरूले सरकारले फेरि पनि नक्कली अपराधी खडा गरेर घटनाको वास्तविकता लुकाउन खोजेको बताएका छन् ।

सार्वजनिक भएका व्यक्तिहरु निर्दोष रहेको प्रमाणहरु सार्वजनिक भईरहेको भन्दै नेपाल मानव अधिकार संगठनले प्रहरीले फेरि पनि नक्कली अपराधी खडा गर्न खोजेको आरोप लगाएको हो ।

संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले अहिले प्रहरीले अपराधी भनेर पक्राउ गरेको भनिएका केही युवाहरुलाई नियतवस फसाएर वास्तविक अपराधीलाई उम्काउन प्रयास भइरहेको आशंका व्यक्त गरे ।

‘प्रहरीले सुरुदेखि नै अपराधसँग सम्बन्धित सबै प्रमाणहरु नष्ट गरेको छ, दिलिपसिंह बिष्ट जस्तो व्यक्तिलाई अभियुक्त बनाएर सार्वजनिक गरेको छ, भारतमा रहेका निर्मलाका बुवालाई पुरानो मितिको मुचुुल्कामा हस्ताक्षर गराइएको छ, के प्रहरीका यी सबै कर्तुतहरु अहिले पक्राउ परेका भनिएका सामान्य युवाहरुलाई जोगाउनका लागि मात्रै थिए त ? ,

अर्यालले भने ‘पक्कै होइन, प्रहरीले किन प्रमाण नष्ट गर्‍यो भन्ने कुरा जगजाहेर छ, निर्दोषलाई फसाएर वास्तविक अपराधि लुकाउने प्रपञ्च हुँदैछ यो बन्द गरियोस्, हामीले कञ्चनपुर गएर घटनास्थलको स्थलगत निरीक्षण गरेका छौँ ।’

उनले गायक प्रवीण गुरुङको दुर्घटनामा तत्कालीन राजकुमार पारसलाई जोगाउन नक्कली चालक अघि सारिएजस्तै अहिले निर्मलाका वास्तविक अपराधी जोगाउन पनि सरकारले नक्कली अभियुक्त अघि सारिरहेको आरोप लगाए ।

उनले जति प्रयास गरे पनि वास्तविक हत्यारा एक दिन न एकदिन बाहिर आउँने उनको भनाई छ । प्रहरीले भने प्रक्राउ परेकाे व्यक्तिले आरोप स्वीकार गरेको तर डिएनए रिपोर्ट आईसकेपछि भने अझै त्यसको बिस्तृत जानकारी हुने बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार