
नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको संगठन सुढृदीकरण अभियानको क्रममा उर्जा मन्त्री बर्षमान पुनको गाउँ रोल्पा नगरपालिका ७ जंकोटमा प्रहरीको ठाडो हस्तक्षेप भएको छ ।
वर्षमान पुनको गाउँमा विप्लव नेकपाको रोल्पा नगरपालिकाले कार्यक्रम गर्दै गर्दा प्रहरीले नगरपालिका इन्चार्जसहित केही कार्यकर्तालाई प्रहरीको ठुलो समुहले हस्तक्षेप गरेको थियो ।
संगठन विस्तारको क्रममा आयोजित कार्यक्रममा आकस्मिक रुपमा प्रहरी प्रवेश गरि झण्डा, ब्यानरहरु खोसेर खोलामा फालिदिएका छन ।
रोल्पा नगरपालिकाको पार्टी इन्चार्ज टिकाराम नेपालीलाई गिरफ्तार गर्न खोज्दा स्थानिय र कार्यकर्ताहरुको प्रतिरोधका कारण प्रहरी पछि हटेको रोल्पा स्थीत जनपाटी संवादाताले जानकारी दिएका छन ।







