नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमान्ड अन्तर्गत रहेकाे मेचीका ताप्लेजुङको हेल्लोकमा जिल्ला स्तरीय अगुवा कार्यकर्ताहरुको राजनीतिक तथा वैचारिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

जसमा पार्टी कमान्डका इन्चार्ज अनिल विरहीको प्रमुख आतिथ्य रहनु भएकाे थियो भने अतिथि मेची ब्युरो इन्चार्न तथा पार्टीका केन्द्रीय समितिका सदस्य सुमन र अध्यक्ष तथा सञ्चालन जिल्ला इन्चार्ज सक्कलले गर्नुभएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले केपी–प्रचण्ड गठबन्धनको सरकारले लिएको दमनको नीति असफल भएपछि दलाल सरकारले वार्ताको नाटक गरेको बताउनुभएको छ ।

उहाँले यो व्यवस्था अन्त्य नगरी आम नागरिकको अधिकार सुनिश्चित नहुने भन्दै यसको लागि पार्टीले लिएको एकीकृत जनक्रान्ति हुँदै वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र सम्पूर्ण समस्या समाधान हुने बताउनु भयो । ताप्लेजङको हेल्लोकलाई पूर्वको थबाङ भनेर पनि चिनिने गर्छ । eratokhabar

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार