वर्षमानकाे गाउँमा प्रहरी हस्तक्षेपकाे विरूद्ध नाराबाजी गर्दै विप्लव नेकपाका कार्यकर्ताहरू ।

दीपेश विष्ट, रोल्पा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पाले आफ्नो शान्तिपूर्ण कार्यक्रमलाई मन्त्री वर्षमानको ठाडो आदेशमा प्रहरीले हस्तक्षेप गरेको बताएको छ ।

पार्टीको संगठन सुदृढ तथा विस्तार अभियान अन्तर्गत आज मन्त्री वर्षमान पुनको छिमेकी गाउँ माडीचौरमा हुँदै गरेको साँस्कृतिक कार्यक्रममा तीन दर्जन प्रहरीले माथिको आदेश भन्दै हस्तक्षेप गरेको हो ।

प्रहरीका अनुसार मन्त्री पुनको गाउँमा कुनैपनी कार्यक्रम गर्न नपाइने माथिको आदेश छ ।

प्रहरीलाई छक्याएर नाराबाजी गर्दै गरेका जिल्ला पार्टीका नेता तथा कार्यकर्तालाई रोक्न खोज्दा हातहालाहाल सम्मको अबस्था आएको थियो । यसै क्रममा नेकपाका रोल्पा नगरपालिकाका इन्चार्ज टीकाराम नेपाली र युवाका टेकराज पुनलाई गिरफ्तार गरेको थियो तर अन्य कार्यकर्ताहरुले कि हाम्रा साथीहरुलाई छोड कि हामी जिप्रका घेराउ गर्न जान्छौं भनेर तीब्र बिरोध गरे पछि छोडेको छ ।

कार्यक्रममा प्रहरीले झण्डा र ब्यानर खोस्दा पनि तीब्र रुपमा नाराबाजी चलिरहेको थियो ।नेकपा रोल्पाका सचिवालय दिनेश चन्दले दलालहरु जनताबाट कटेपछी यो हर्कट गरेको आरोप लगाउनु भएको छ । उहाँका अनुसार केन्द्रमै कार्यक्रम गरेको अबस्थामा मन्त्री पुनले देखाएको यो अत्यन्तै निन्दनीय एवं आपत्तिजनक ब्यवहार हो ।

पछि डेढ दर्जन सशस्त्र प्रहरी पनि उक्त स्थानमा पुगेका थिए ।

शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेपपछि प्रतिकार गर्दै विप्लव नेकपाका स्थानीय नेता कार्यकर्ताहरू ।

प्रहरी हस्तक्षेपका बाबजुद विप्लव नेकपाका नेता कार्यकर्ताहरू वर्षमानकाे गाउँबाट अगाडि बढ्दै ।

विप्लव नेकपाकाे स्थानीय शान्तिपूर्ण कार्यक्रमलार्इ हस्तक्षेप गर्न सशस्त्र प्रहरीसहितकाे टाेली वर्षमानकाे गाउँमा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार