नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिनको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किराँतीले यस्तो बताएका हुन । उनले सत्तारुढ दल नेकपालाई फुटाउने आफूहरुसँग राजनीतिक अधिकारपनि रहेको जिकिर गरे ।

उनले भने,‘पूर्व माओवादीका तर्फबाट केही साथीहरु खान पाईन्छ भनेर हाँस्दै जानुभयो, केही साथीहरु बाध्यतामा परेर सत्तापक्ष नेकपा बन्नुभयो, जनयुद्धको कार्यभार र आफ्नो दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर धोका दिनुभयो, प्रचण्डलाई त हामीले डाँकानै भन्न बाध्य भयौं, उहाँ धोकेवाज बन्नुभयो, हिजोको दिनहरुमा उहाँलाई हामीले बनाएका हौं, माओवादी सिद्धान्तलाई त्यागेर एमालेसँग विलिन हुनुभयो, सत्तापक्ष नेकपाका असली कम्युनिष्ट कार्यकर्ताहरु हाम्रो पार्टीमा लाग्नुहुन्छ, हामी महान जनविद्रोह सम्पन्न गर्छौं।’

प्रचण्डभन्दा बादल राष्ट्रवादी नेता भएको उल्लेख गर्दै उनले आफूहरुले बादललाई महान जनविद्रोमा आउनको लागि आग्रह गरिसकेको जनाए ।

उनले थपे,‘अझैपनि जनताका अधिकार स्थापित भएका छैनन्, तपाईलाई हामी नेता स्विकार्न तयार छौं, तपाईलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर वर्तमान सरकारलाई सडकबाटै ढाल्न तयार छौं, तपाई जत्तिको राष्ट्रभक्ति नेता र युद्धको कुसल कमाण्डर ईमान्दर सिपाई यस्तो नालायक सरकारमा बस्न सुहाउँदैन भनेका छौं, उहाँले जवाफ पठाउनुभएको छैन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार