बालिकामाथि यौनशोषण गरेको आरोपमा इन्डोनेसियामा दुई युवकलाई कोर्रा हानिएको छ। मुस्लिम समुदायको बाहुल्यता रहेको एइचमा बुधबार उनीहरुलाई १ सय कोर्रा हानिएको हो ।
उनीहरुले छिमेकि दुई बालिका माथि बलात्कार गरेपछि सामुहिक रुपमा कोर्रा हानेर ५ बर्षको जेल सजाय सुनाइएको हो। कोर्रा हानिएका उनीहरुको शरीरबाट रगत समेत बगेको थियो।
मुस्लिम बाहुल्यता रहेको उक्त गाउँमा मुस्लिम कानुन रहेको छ। जहाँ जुवातास , जाँडरक्सि र वेश्यावृति गर्नेमाथि कडा कारबाही गरिने गरिएको छ । इन्डोनेशियाको एकमात्र मुश्लिम कानुन रहेको उक्त गाउँमा स्थानीयलेनै आवश्यक निर्णय गर्ने गरेका छन् ।
केहि समय अघि उक्त गाउँमा युवायुवतीहरु पढ्नु भन्दा क्याफेमा गएर वाईफाई चलाएर पार्ने हेर्ने गरेको पाईएपछि वाईफाईमा प्रतिवन्द लगाइएको थियो । गत मार्चमा एक क्रिस्चियन युवालाई लागु औषध ओसार प्रसारमा संलग्न रहेको आशंकामा कोर्रा हानिएको थियो।








