एजेन्सी । २०१४ मा पत्नि सुजैन खान रोशनसँग डिर्भोस गरेर एकल जिवन बिताइरहेका भारतीय चर्चित नायक ऋतिक रोशनले दोस्रो बिहे गर्ने भएका छन् । ऋतिकले दोस्रो बिहे अर्की युवतीसँग नगरी आफ्नै पूर्वपत्नी सुजैन खानसँग गर्न लागेको स्रोतको दाबी छ ।भारतीय मिडियाका अनुसार उनीहरुले आफ्ना दुई बच्चाका लागि पुन एक हुने निर्णय गरेको बताइएको छ ।
उनीहरुको डिभोर्स भएपछि बच्चामा खराब असर परेको भन्दै ऋतिक र सुजैनले बिहे गर्न लागेको बुझिएको छ । उनीहरु निकै चिन्तित रहेको र बच्चाहरुसँग घुलमिल हुन समेत हिचकिचाउन थालेपछि परिवारले यस्तो निर्णय लिएको बताइएको छ ।ऋतिक सुजैन फेरि पनि उनको जीवनमा आऊँन भन्ने चाहन्छन।
ऋतिकले चाहेर पनि सुजैनलाई भूल्न सकेका छैनन्। उनी फेरि पनि सुजैनसँग वैवाहिक बन्धनमा बाँधिन चाहन्छन। यो कुरा केही समय अघि बाहिर आएको थियो। तर ऋतिक र सुजैनले यसको खण्डन गरेका थिए। निकट श्रोतहरुका अनुसार दुवैले खण्डन गरे तापनि ऋतिकको दिलमा अहिले पनि सुजैन बसेको छ र फेरि सुजैनसँग घर बसाउन चाहन्छन्।







