काठमाडौँ । राजधानीमा जारी काँग्रेस महासमिति बैठकमा विधान मस्यौदा प्रतिवेदन प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा तनावको अवस्था सिर्जना भयो । मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि स्थिती तनावग्रस्त बन्यो ।
केस्लिे भने, ‘म बोल्दै थिएँ, एकाएक डा महत आएर मेरो माइक खोस्न थाले । त्यसपछि धकेलाधकेल भयो ।’ पार्टी भित्र यस्तो स्थिती सिर्जना हनु भनको गुण्डागार्दी र अराजककता हो । एक केन्द्रीय सदस्यले नेपाल पानालाई बताए ।
महत र केसीबीचको विवादमा अधिकाँश महासमिति सदस्यहरुले केसीको पक्षमा हुटिङ गरेका थिए । त्यसपछि विधान मस्यौदा पेश भएपछि मात्रै बैठक सञ्चालन गर्ने गरी स्थगित भएको थियो ।







