धरान । नेपालमा पछिल्ला दिनहरुमा धर्मलाई लिएर एकदमैं बहस हुने गरेको छ । सामाजिक सञ्जाल देखि लिएर टोलटोलमा धर्म र धार्मिक आस्थाको कुरा भइरहेको छ । यो बिचमा प्रहरीले धरानमा गोरु काटेर खानेहरुलाई पक्राउ गरेको थियो । विभिन्न जातिय र धार्मिक संगठनहरुको दबाब पश्चात प्रहरीले उनीहरुलाई रिहा गरेको छ । गोरु काटेको अभियोगमा १० जना पक्राउ परेका थिए, जसलाई अहिले प्ररहीले रिहा गरेको छ । हिन्दु धर्ममा गाइ गोरुलाई भगवान मानेर पुज्ने गरिएको छ । यसरी खुला रुपमा गाई गोरु काटेर मासु खाँदा हिन्दु धर्ममाथि निकैं ठुलो आक्रमण हुने विश्लेषण हुने गरेको छ ।

गाई नेपालको राष्ट्रिय जनावार भएको हुनाले पनि यसको मासु खान नहुँने अर्थात यसको हत्या गर्न नहुने तर्क धेरैंको रहँदैं आएको छ । विशेष गरेर केही आदीवासी जनजाति समुदायले आफुहरुले गाई गोरुको मासु खाना पाउँनुपर्ने भन्दैं राष्ट्रिय जनवार नैं फेर्न दबाब दिन थालेका छन । नेपाल अहिले धर्म निरपक्ष मुलुक भएको छ यहाँ हरेक धर्मको सम्मान हुन्छ । एकथरि व्यक्तिहरुले नेपाललाई राजा सहितको हिन्दु राष्ट्र बनाउँनु पर्ने माग गर्दै आएका छन । उनीहरुका अनुसार नेपालमा अहिले हिन्दुहरुको बाहुल्यता रहेको छ त्यसैंले जनमतको कदर गर्दै धर्मको विषयमा जनमत संग्रह गर्नुपर्ने कुरामा जोड दिदैं आएका छन ।

गोरु काटेको अभियोगमा जेल परेका अभियुक्तको रिहाई पछि उनीहरुलाई सम्मान गरिएको छ । उनीहरुको सम्मानमा गोरु काटेर मासुसहित भोज गरेको खुल्न आएको छ । उनीहरुलाई सांस्कृतिक अधिकार संरक्षण समितिले सम्मान गरेको छ । प्रदेश नम्बर १ का सांसद विष्णु तुम्बाहाको सहभागितामा गोरु काटेर उनीहरुको सम्मान गरिएको छ । उक्त कार्यक्रम धरान ११ को मंगलबारे चोकमा सम्पन्न कार्यक्रममा नेता, अभियान्त्ता लगायतको उपस्थित रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार