५ पुस, पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संस्थाबाट ऋण नपाए उजुरी गर्न आग्रह गरेका छन् । बिहीबार पोखरामा लेखनाथ महोत्सवको उद्घाटन गर्दै उनले युवालाई उत्पादनमा जोड्न सस्तो दरमा ऋण दिने भन्दै बैंकले नदिए उजुर गर्न आग्रह गरेका हुन् ।

‘पूँजीगत रुपमा युवालाई उत्पादनमा जोड्ने हो । यसका लागि सस्तो ब्याज अनुदानमा ऋण दिने कुरा गरेको छु । सस्तो ब्याजदरमा ऋण पाउनु भएन भने उजुरी गर्ने ठाउँ पनि हुन्छ,’ अर्थमन्त्री भने, ‘प्रविधिमा जोड्ने, उद्यमशीलताको विकास गर्ने काम पनि हामीले गरिराखेका छौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार