अवलोकन भ्रमण गरेर फर्किदै गरेको विद्यार्थी र शिक्षक बोकेको बा ४ ख ९७६६ नम्बरको बस तुलसिपुर, ३ राम्रीमा दुर्घटना भएको छ ।
सल्यानको कपुरकोट स्थीत मुलपानी बनस्पती उद्यानको अवलोकन गरि फर्किने क्रममा दुर्घटना भएको हो ।
बस सडकबाट निकै तल नदेखिने अवस्थामा खसेको छ । बसमा ९ जना महिला र २१ जना पुरुष सवार रहेको कपुरकोट प्रहरीले जनाएको छ ।
घटना स्थलमा मृत्यु हुनेको संख्या बढ्दो छ ,१० जनाको सव फेला परेको स्थानीय छविलाल घर्तीले जानकारी दिएका छन्र ।
पुरा विवरण आउन बाकी रहेको प्रहरीले जानकारी दिएका छन् ।







