काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दाङ घोराही उपमहानगरपालीका १७

मा सञ्चालीत कृष्णसेन इच्छुक बहुप्राविधीक शिक्षालयका शिक्षक विद्यार्थी चढेको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले दुर्घटनामा परि घाइते भएकाहरुको शिघ्र स्वाथ्यलाभको कामना पनि गरेका छन् । यसैबिच नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले पनि बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ । जिल्ला सेक्रेटरी विक्रमले विज्ञप्ति जारी गर्दै दुर्घटनाका घाइतेहरुप्रति शिघ्र स्वास्थलाभको कामना गरेका छन् । जिल्ला सेक्रेटरी विक्रमले मृतकका परिवारलाई राहत दिन र घाइतेहरुको उपचारमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

दाङ घोराही उपमहानगरपालिका १७ मा रहेको उक्त कृष्णसेन ईच्छुक स्मृती बहुप्राबिधिक शिक्षालयको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मृत्यु भएका २३ जना मध्ये ४ किशोरी छन् । प्रहरीका अनुसार २२ जनाको घटनास्थल र एकको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको छ । शुक्रबार सल्यानको मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गरेको बा ४ ख ९७६६ नम्बरको बस सडकबाट झन्डै ७ सय मिटर तल खसी दुर्घटना भएको प्रहरीले बताएको छ । राम्री र हरनेटीबिच भागमा पर्ने घुम्तिमा विद्यार्थी बोकेको बस पौने ६ बजे सडकबाट खसेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायव उपरीक्षक प्रेम शाहीले जानकारी दिएका छन् । बसमा यसै शैक्षिक सत्रदेखि दाङमा सञ्चालनमा आएको सहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक सवार थिए । उक्त बसमा बिद्यार्थी ३४ जना, शिक्षक २ जना र चालक १ गरी जम्मा ३७ जना सवार रहेको बताइएको छ ।

महासचिव विप्लवद्वारा जारी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार