राजधानीलगायतका देशभरि चिसो बढेको छ। मंगरलबार २.६ डिग्री मापन भएको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बुधबार १.५ डिग्री पुगेको छ।

मौसम पूर्वानुमान महाशाखाले आकाशमा बादल नभएकाले हिमालबाट आएको हावाले काठमाडौं चिसिएको बताएको छ।

‘भोलिबाट पश्चिमी वायूको प्रभाव पनि देखिँदैछ, त्यसले केहीदिन अझ चिसो हुन्छ,’ महाशाखाकी मौसमविद् विभुति पोखरेलले भनिन्, ‘पश्चिमी वायूले देशको पश्चिमतिर केही ठाउँमा वर्षा गराउने छ। उपत्यकासहित पूर्वी नेपालमा वर्षाको सम्भावना छैन।’

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

पुस ११ गते (बुधबार)

दिउँसो: देशका पहाडी भुभागहरुमा आंसिक देखि सामान्य बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशको पश्चिमी तथा मध्य उच्च हिमाली क्षेत्रका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः देशका पहाडी भुभागहरुमा आंसिक देखि सामान्य बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ भने उच्च हिमाली भेगका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पुस १२ गते (बिहिबार)

दिउँसो: देशका पहाडी भुभागहरुमा आंसिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भुभागका एक/दुई स्थानहरुमा हल्का वर्षा को सम्भावना रहेको छ  र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका उच्च हिमाली क्षेत्रका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ

रातिः देशका पहाडी भुभागहरुमा आंसिक देखि सामान्य बदली रहि पहाडी भुभागका एक/दुई स्थानहरुमा हल्का वर्षा को सम्भावना रहेको छ  र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छउच्च हिमाली भेगहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पुस १३ गते (शुक्रबार)

दिउँसो: देशका मध्य र पुर्वी पहाडी भुभागहरुमा आंसिक बदली रहने सम्भावना छ  र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ

रातिः देशका पुर्वी पहाडी भुभागहरुमा आंसिक बदली रहने सम्भावना छ  र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार