११ पुस, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको सरकारप्रति छिमेकी र पश्चिमा मुलुकको विश्वसनीयता गुमेको बताएका छन् । सरकारले परराष्ट्र सम्बन्ध सुदृढ बनाएको दावी गरे पनि उत्तर, दक्षिण र पश्चिम कतै पनि सरकारप्रति विश्वास नदेखिएको दावी गरे ।

‘न उत्तर, न दक्षिण न पश्चिम यो सरकारप्रति कतै पनि विश्वास देखिनँ’ उनले बुधबार संसद बैठकमा भने, ‘हामी आन्तरिक खपतका लागि ठूला कुरा गर्छौ । कसैप्रति अहिले नै युद्ध छेड्न खोजेकोजस्तो कुरा गर्छौं भित्र लत्रक्कै पर्छौं ।’ सरकारले पश्चिमी शक्तिसँग सम्बन्ध सुमधुर बनाउन खोज्नु राम्रो भन्दै भट्टराईले विचार नपुर्‍याई भूराजनीतिक संवेदनशीलतालाई ध्यान नदिई कदम नचाल्न पनि आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार