ब्राजिल । दक्षिण पूर्वी ब्राजिलस्थित नोभा डो कोर्डिरो सिटी सुन्दर महिलाको सिटी भनेर चिनिन्छ । जहाँ २० देखि ३५ वर्ष उमेर समूहका अविवाहित महिला मात्र बसोवास गर्दछन् । ६ सयभन्दा बढी जनसंख्या रहेको यस गाउँका महिलाले विवाहका लागि योग्य पुरुषलाई मात्र आफ्नो घरमा आमन्त्रण गर्ने गरेका छन् । ,सौर्य दैनिकमा समाचार छ ।

महिलाको प्रभुत्व रहेको यस गाउँमा पुरुषलाई अनुमतिविना प्रवेश निषेध छ । यस गाउँका छोरा किशोरहरूलाई १८ वर्ष पुग्नेवित्तिकै गाउँबाहिर पठाइन्छ भने अलि वयस्क सप्ताह मनाउन मात्र घर फर्किन्छन् ।

‘यहाँ भेटिने पुरुष या त विवाहित हुन्छन्, या त आफन्त । जसले गर्दा हामी महिला सिंगल ( अविवाहित ) बस्नुपर्छ । मैले अहिलेसम्म कुनै पनि पुरुषलाई चुम्बन गर्नसम्म पाएको छैन ।’ २३ वर्षीय नेल्मा फेर्नान्डिजले भनिन् ।

‘हामी अविवाहितहरू मायामा फसेको र विवाह गरेको कल्पना मात्र गर्छौं । विवाहका लागि केटा खोज्न आफ्नो सिटी छोड्न चाहन्नाँै तर योग्य पुरुषको पर्खाइ भने अवश्य गछौँं ।’ उनले थपिन् ।

सुन्दर अविवाहित महिलाको यो बस्ती म्यारिया सेन्होरिनाले सन् १८९१ को दशकमा स्थापना गरेकी हुन् । परिवारले विवाह गर्न जबरजस्ती गरेपछि उनी भागेर यहाँ आइपुगेकी थिइन् । एक क्याथोलिक चर्चसँगको संवादपछि मात्र पुस्तालाई मध्यनजर गर्दै यो बस्ती बसालिएको थियो ।

यहाँका महिलाहरू समुदायको नियमअनुसार चल्ने गर्दछन् । यहाँका पुरुषले भन्दा महिलाले राम्रो काम गर्दछन् । विवाहका लागि योग्य पुरुषले मात्र यो गाउँ प्रवेश गर्न पाउने नियम छ ।

यो गाउँ शताब्दीदेखि बाह्य दुनियाँमा रमाइरहेको छ भने आफ्नो सुन्दरताले परिचित छ । कुनै पनि पुरुष गाउँमा नबस्ने भएपछि सबै जिम्मेवारी महिलाले नै बेहोर्नुपर्ने हुन्छ । यहाँ खेतिपातीदेखि लिएर हरेक काम महिलाले नै सम्हाल्नुपर्ने हुन्छ । समृद्ध शक्तिशाली महिला समूह यस गाउँको पहिचान हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार