‘सालको पातको टपरी हुने हे बरै सल्लैको नहुने…’ गीतले यति बेला धेरैको मन जितेको छ । तीन महिनाअघि युट्युबबाट सार्वजनिक भएको गीत आजकाल हरेक समारोह तथा भोजभतेरमा घन्किने गरेको छ ।

नाच्न उपयुक्त मानिएको यो गीतले युट्युबमा पनि उधुम मच्चाएको छ ।युट्युबमा सबैभन्दा बढी हेरिएको लोक दोहोरी गीतको रेकर्ड यसले राखेको छ । गीतलाई तीन महिनामा युट्युबमा १ करोड ३८ लाखपटक हेरिएको छ । नेपाली लोक दोहोरी गीतको इतिहासमै युट्युबमा यो गीतले नयाँ रेकर्ड बनाएको हो ।गीतमा वसन्त थापाको संगीत, कुलेन्द्र विक र विष्णु माझीको स्वर रहेको छ । भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार