एजेन्सी । भारतको उत्तर प्रदेशका घाँसी राम नाम गरेका उक्त ब्यक्तिले श्रीमतीले सम्भोग गर्न नदिएपछि रिसको झोँकमा लिङ्ग काटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
डेली मेलका अनुसार उनी राति रक्सी खाएर घर आएका थिए र श्रीमतीलाई यौनसम्पर्क राखौँ भनेर प्रस्ताव राखेका थिए । तर, उनकी श्रीमतीले भने उनको सो प्रस्ताव अस्वीकार गरेकी थिइन् ।
मदिराले मातेर आएका घाँसी रामले आफ्नो प्रस्ताव अस्वीकार गरेको भन्दै भान्सामा गई चक्कुले आफ्नो लिङ्ग दुई टुक्रा पारेका थिए ।







