काठमाडौं । पछिल्लो समय गीत संगीत क्षेत्रमा अगाडी बढ्दै गरेको नाम हो सुनिल बि।सी। विभिन्न गीतहरुमा आवाज दिइसकेका सुनिल शब्द लेखनमा पनि त्यति नै ब्यस्त छन् ।

यो पटक भने उनको उत्कृष्ट शब्दमा मायामा धोका खाएकाहरुको लागि तयार परिएको गीत ‘जहाँ माया त्यहाँ शंका’ बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

यस गीतलाई बजार ब्यबस्थापन भने ब्राण्डरुट ईन्टरटेनमेन्ट प्रा लीले गरेको छ । चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको उक्त गीतमा संगीत सागर बिरहिको रहेको छ । गीतको भिडियोमा चर्चित नायक बिक्रम बुढाथोकी,हिमा थापा र सुरेन्द्रको अभिनय रहेको छ ।

क्रान्ती के सीको निर्देशन र सम्पादन रहेको उक्त भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार