काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम फेरि घटेको छ । बिहिबार बिहान ५.५ डिग्री मापन गरिएको तापक्रम शुक्रबार घटेर १.४ डिग्री सेल्सियसमा झरको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद शान्ति कँडेलले बिहान ५ः ४५ बजे १.४ मापन भएपनि शुक्रबारको न्यूनतम तापक्रम अझै घट्न सक्ने र अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको जानकारी दिइन् ।

बिहिबार न्यूनतम तापक्रम ५.५ र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस मापन गरिएको थियो । चिसो हावा चलेपछि बिहिबार काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस गरिएको थियो । तर शुक्रबार भने बिहिबारको जस्तो चिसो हावा नचल्ने मौसमविद कँडेलले जानकारी दिइन् ।

पश्चिमि वायुको प्रभावका कारण मौसमी गतिविधिमा फेरबदल भइरहेको उनले बताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार