नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको पलाँता गाउँपालिका–१ खाडामा पुस ८ गते राती भएको आगलागी पीडितहरुलाई राहत वितरण गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले अग्निपीडितहरूलाई ५० हजार नगद र ५० हजारको जिन्सी सामान राहत वितरण गरेको हो । केन्द्रको निर्देशन अनुसार राहत वितरण गर्नुका साथै पुनर्निर्माणमा पनि सघाउने नेपाल कम्युनिस्ट पार्टी कालिकोटले जनाएको छ ।

वास्तविक पीडितहरूको पहिचान गरी ‘क’ श्रेणी क्षति पुगेका परिवारलाई २ हजार रुपैयाँ नगद र ३ वटा थाली र ‘ख’ श्रेणीका पीडितहरुलाई १ हजार रुपैयाँ नगद र २ वटा थाली र ‘ग’ श्रेणीका पीडितहरुलाई ५ सय रुपैयाँ नगद र १ वटा थाली राहतस्वरूप प्रदान गरिएको जानकारी जिल्ला सेक्रेटरी मनीलाल ऐडी ’रणदीप’ले दिएका छन् ।

‘हामीले वास्तविक पीडितको नाम संकलन गरेर श्रेणी विभाजन गरेर राहत वितरण गरेका छौँ ।’ उनले भनेका छन्, ‘अग्निपीडितका लागि थप राहतका लागि पहल थालेका छौँ ।’ पुनर्निर्माण जिम्मा लिने आगलागीबाट क्षति भएका घरहरुको पुनर्निर्माणको जिम्मा आफ्नो पार्टीले लिने र घरहरु पुनर्निर्माणमा सघाउने सेक्रेटरी ऐडीले बताएका छन् ।

‘हामीले राहतसँगै पुनर्निर्माणको जिम्मा हामीले लिनेछौँ ।’ उहाँले भन्नुभयो ‘अबको केही दिनमा नै पुनर्निर्माणको काम थालनी हुनेछ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार