जिल्ला अदालत काठमाडौंको हिरासतबाट हत्कडीसहित फरार भएका अभियुक्त शुक्रबार सिन्धुलीमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सिन्धुपाल्चोकका लालकाजी तामाङलाई सिन्धुलीको एक गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । उनलाई शुक्रबार नै काठमाडौंतर्फ ल्याइएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

हवल्दारकै पछाडिबाट गायब !

साइबर अपराधसम्बन्धी जाहेरी परेपछि अनुसन्धानका लागि म्याद लिन परिसरको टोलीले उनलाई अदालत बुझाउँदा उनी हत्कडीसहित थिए । जिल्ला अदालतको फैसला कार्यान्वयन युनिटमा राखिएका उनको जिम्मा लगाएर परिसरको टोली फर्कियो भने अदालतको सुरक्षामा खटिने प्रहरीले भरपाइ बनाउन थाल्यो ।

अदालतका कर्मचारीहरुले कारागार पठाउन पत्र तयार गर्दै थिए । त्यसपछि उनलाई कारागारका अधिकारीको जिम्मा लगाउने तयारी थियो । त्यसबीचमै उनी हत्कडीसहित बुधबार दिउँसो भाग्न सफल भए ।

‘पत्र बन्नलाई ५/७ मिनेट मात्र लाग्थ्यो’, अदालतका एक अधिकारीले भने, ‘तर, अगाडि अदालतका हवल्ज्दारले कागजपत्र मिलाउँदै गर्दा उनी पछाडिबाट लुसुक्क भागेछन् ।’
उनी भागेको थाहा हुने वित्तिकै हल्लीखल्ली मच्चियो । प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा अदालतको सीसी टीभी फुटेज हेर्दा अभियुक्त तामाङको पछिपछि उनका वकिल हिँडेको देखिन्छ । सँगै उनका काका धनबहादुर पनि हुन्छन् ।

चोर हिँडेको २० सेकेन्डपछि वकिल हिँड्छन् । त्यसपछि काका पनि निस्किन्छन् । फुटेजमा उनीहरु देखिने वित्तिकै अभियुक्तका कानुन व्यवसायी रामकुमार आचार्यलाई

प्रहरीले नियन्त्रणमा लिएको थियो । काकालाई पनि प्रहरीले टेकु ल्यायो ।

दुवैमाथि सोधपुछ गर्दा तामाङलाई भगाउन उनीहरुको संलग्नता हुनसक्ने बलियो प्रमाण भेटिँदैन । त्यसपछि उनीहरुलाई प्रहरीले छाडिदिएको थियो ।
किन पक्राउ परेका थिए उनी ?

एक साताअघि एक युवतीले अपशब्द प्रयोग गरेर गालीगलौज समेत गरेको भन्दै साइबर अपराधमा अनुसन्धान गरिदिन माग गर्दै तामाङ र अर्का एक जनाविरुद्ध उजुरी दिएकी थिइन् । onlinekhabar

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार