
विप्लव नेकपानिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महाकालि ब्यूरोले चार महिने अभियानको उद्घाटन शुक्रबार कञ्चनपुरबाट सुरु गरेकाे छ ।
‘महिलाहरुमाथि हुने सम्पूर्ण हिंसा र उत्पीडनविरुद्ध संघर्ष, वैज्ञानिक समाजवाको बाटोमा अघि बढौं’ भन्ने नाराका साथ उद्घाटन गरिएको अभियान महाकालिका चारैजिल्लामा पुग्ने अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महाकालि ब्यूरो संयोजक ममता सुर्खेतीले जानकारी दिइन् ।
अभियानको क्रममा महिलामाथि भइरहेका घरेलु हिंसाको साथै उत्पीडनविरुद्धमा जागरण ल्याउने बताइएको छ ।संयोजक सुर्खेतका अनुसार पहिलो चरणमा एक महिना अभियानसम्म कञ्चनपुरमा चल्ने बताइएको छ ।
सो क्रममा निर्मला पन्तको हत्याको छानविन गर्न र न्यायको लागि एउटा समिति बनाउने निर्णय भएको छ । अभियानको क्रममा संगठन सुदृढ तथा विस्तार गर्ने आयोजकले बताएको छ ।
“अभियान चार महिनासम्म चल्नेछ, अभियानको क्रममा महिलाहरुमाथि भइरहेको हिंसाविरुद्ध अभियानको साथै संगठन गठन र पुर्नगठन पनि हुनेछ । पहिलो चरणो अभियान एक महिना कञ्चनपुरमा चल्नेछ । सो क्रममा निर्मला पन्तलाई न्यायको पहलको लागि एउटा समिति बनाउने छौं” संयोजक सुर्खेतीले बताइन्।







