अनन्त श्री विभुषित, विश्व शान्तिदूत राजगुरू तथा जगतगुरू वीरेन्द्र परमहंश ज्योतिषाचार्य : यस साता (पुस १५ गते देखि पुस २१ गते, दिसम्बर ३० तारिख देखि २०१९ को जनवरी ५ तारिख) को राशिफल :

आइतबार तमुल्होसार हुनेछ । मंगलबार सफला एकादशी व्रत र सन् २०१९ नयाँ बर्ष । विहीबार प्रदोषव्रत रहनेछ । शनिबार दर्शश्राद्ध(निशी/हलोबार्ने),पौषी/गया/विष्णुपादुका/बेत्रावती/बराहक्षेत्रे/गोकर्णादितीर्थे स्नान एवं श्राद्धादि, गुरू गोविन्दसिंह जयन्ती।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – साताका अघिल्ला तीन दिन शुभ र सफलतादायक रहला । आरोग्यता बढ्ला ।धनसम्पत्ति बढ्नेछ । सुख शांति बृद्धि हुनेछ । विजयश्री प्राप्त होला । साझेदारीको काम मिल्नेछ । ख्याति फैलिनेछ । चौंथो र पाँचौं दिन मध्यम फलदायक रहनेछन् । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । कुनै पनि प्रकारको जोखिममा नपर्नु बेस रहनेछ । दूर्घटना आदिदेखि सचेत रहनु पर्ला । छैठौं र सातौं दिनमा शुभ र भाग्यबर्द्धक काम बन्नेछ । यात्रा होला । धनमान बृद्धि हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – साताका प्रारम्भिक पाँच दिन उन्नति र पदोन्नति दायक रहनेछन् । सुख समृद्धि वृद्धि हुनेछ । आरोग्यता बढ्ला । विजयश्री प्राप्ति होला।मिठो भोजन मिल्ला । हांसविलासमा आकर्षण बढ्नेछ । अन्तिम दुई दिन कष्टकारक रहला । नियम कानूनलाई उपेक्षा नगर्दा बेश रहनेछ । जोखिमपूर्ण कार्यमा नपर्नु नै उचित होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आइतबार जोखिममा नपर्नु बेस रहनेछ । अरुको भरमा बस्नु र लापर्वाही गर्नु उचित नहोला । सोमबार र मंगलबारतिर प्रेम पात्रसित भेटघाट हुनेछ । सुख आनन्द बढ्ला ।ईष्टमित सन्तान आदिको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । बाँकि चार दिन आरोग्यता बर्द्धक र सफलता प्रदायक सावित हुनेछ । धन यश सुख सम्पत्ति बृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आइतबार आरोग्यता दायक रहनेछ । सुख आनन्द धन यश मान ऐश्वर्य बढ्नेछ । सोम र मंगलबारतिर अरुको भर पर्नु,अरुमाथि विश्वास गर्नु तथा विवाद आदिमा लाग्नु उचित नहोला । बाँकि चार दिन आरोग्यता बर्द्धक र सफलता प्रदायक सावित हुनेछ । धन सम्पत्ति मान महत्त्व सुख आनन्द पनि बृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – साताका प्रारम्भिक तीन दिन धन मान आरोग्यता प्रदायक रहनेछन् । वार्तामा सफलता प्राप्त हुनेछ । पारिवारिक कलह शान्त हुनेछ । देखा परेको समस्या समाधान हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – साता सफलता दायक र सुख बर्द्धक रहनेछ । उन्नति पदोन्नति हुनेछ । विकासको नयाँ अबसर पनि प्राप्त होला । अन्तिम दुई दिनमा विवादमा पर्नु र अरुमाथि भर पर्नु उचित हुने छैन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आइतबार खर्च बर्द्धक रहनेछ । लापर्वाही न गर्नु नै उचित हुनेछ । बाँकिका दिनहरु उन्नती र सफलता प्रदायक रहलान् । आर्थिक क्षमता बृद्धि हुनेछ । सुख शान्ति समृद्धि प्राप्त हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आइतबारको लाभ बृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै विविध नयाँ सफलता हासिल हुनेछ । सोमबार र मंगलबारतिर लगानी बढ्नुको साथै खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । बाँकि चार दिनमा शुभ र भाग्यबर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्त्व बृद्धि होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – शुरुका तीन दिनमा कार्यमा सफलता मिल्नुको साथै आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि पनि बृद्धि होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – साता शुभ र उन्नती कारक छ । मान यश पद प्रतिष्ठा सुख सम्पति बढ्ला ।कारोवारको क्षेत्रमा सफलतासंगै सुख आनन्द पनि बृद्धि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आइतबारको दिन जोखिममा नपरी नियमकानून आदिलाई ध्यानमा राखेर काम गर्नु पर्नेछ । सोम र मंगलबार तिर कार्यमा सफलता मिल्नुको साथै सुख समृद्धि बढ्नेछ । यात्रा होला । बुधबार र विहीबारको मनोकूलको काममा सफलता मिल्नेछ । शुक्रबार र शनिबारतिर अन्नधन बढ्नेछ । आय स्रोत बृद्धि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आइतबार सुख आनन्द प्रदायक रहनेछ । सोमबार र मंगलबारको जोखिममा नपर्नु राम्रो रहनेछ । बुधबार र विहीबारतिर शुभ र भाग्यबर्द्धक काम बन्नेछ । धर्म कर्ममा रुचि बढ्नेछ । शुक्रबार र शनिबारतिर नयाँ काम बन्नुको साथै नयाँ दायित्वको पनि प्राप्त हुनेछ ।मान महता पनि बढ्ला ।
यो राशिफल तयारकर्ता अनन्त श्री विभुषित, विश्व शान्तिदूत राजगुरू तथा जगतगुरू वीरेन्द्र परमहंश ज्योतिषाचार्य हुनुहुन्छ । यहाँले जनबोली डटकममा ज्योतिष विज्ञानसम्बन्धी विषयमा केन्द्रित भई लेखहरु प्रस्तुत गर्नुहुन्छ । जन्मकुण्डली, हस्तरेखा, वास्तु, तन्त्रलगायत सामुन्द्रिक शास्त्रअन्तर्गतका सबै विषयका ज्ञाता उहाँ ज्योतिष क्षेत्रको विद्धवान हुनुहुन्छ । योग, वास्तु र तन्त्रमन्त्रका समेत ज्ञाता जगतगुरु वीरेन्द्र विगत २० वर्षदेखि साधनारत हुनुहुन्छ ।
उहाँले हरेक दिन यही जनबोली डटकमका लागि दैनिक भाग्यफल, भविष्य दर्पण, समयचक्र लगायत ज्योतिष विज्ञानसँग सम्बन्धित खोजमुलक पठनीय सामाग्री प्रस्तुत गर्नुहुनेछ । उहाँ नेपाल संस्कृत विश्वविद्यालय र भारतको कामेश्वर सिंह संस्कृत विश्वविद्यालयबाट सिद्धान्त ज्योतिष तथा फलित ज्योतिषमा आचार्य हासिल गर्नुभएको छ । नेपाली टेलिभिजनको इतिहासमा लगातार टेलिभिजनमा दैनिक भाग्यफल लामो समयसम्म प्रस्तुत गर्ने प्रस्तोताको रुपमा समेत उहाँ चिनिनुहुन्छ । ग्रहगोचर, ब्रह्माण्डको अवस्थिति, राष्ट्र एवम् संसारप्रति ग्रहको प्रभावादि एवम् मानिसका अङ्गहरूको आधारमा लक्षण बताउने सक्ने उहाँ अद्भूत क्षमता यो डिजिटल पत्रिकाका लागि प्रस्तुत हुनेछ । उहाँसँग सिधा सम्पर्क राखेर आफ्नो भाग्य, भविष्य जान्न र सुखी एवं खुशी बनाउँने विधि र ज्ञान लिन चाहानुहुन्छ भने सिधा सम्पर्क गर्न सक्नुहुनेछ । मो.नं- 9851005832 ।







