गाेपाल किराती नेतृत्वकाे नेकपा (माओवादी केन्द्र)ले देशभरी प्रशिक्षण तथा भेला गरिरहेको छ । महाधिवेशनको तयारीमा जुटिरहेको माओवादी केन्द्रले संगठनलाई पुर्नगठन पनि गरिरहेको बताएकाे छ ।

पूर्वमाओवादी केन्द्र र एमालेबीचको एकतालाई धोका भन्दै गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र पुर्नगठन गरेका नेताहरु देशभर अभियानमा जुटेका छन् । पार्टीका महासचिव कर्णजीत बुढाथोकी ‘सुशील’ का अनुसार देशभर प्रशिक्षणसँगै संगठन पुर्नगठन गर्न प्रदेश स्तरमा भेला तथा प्रशिक्षण चलिरहेका छन ।

सुशीलका अनुसार प्रदेश कर्णाली र सुदूरपश्चिम प्रदेशको संयुक्त रुपमा संघीय परिषद्को बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । कोहलपुरमा भएको बैठकमा पार्टीका अध्यक्ष गोपाल किरातीले जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने जिम्मा आफूहरुको काँधमा आएको बताए । उनले पूर्वमाओवादी केन्द्र र एमालेबीचको एकतालाई सत्ताको लागि गरिएको दक्षिणपन्थीहरुबीचको एकता भएको आरोप लगाए ।

महासचिव सुशीलले पार्टीका कार्यभारी कार्यभार र संगठनात्मक संरचनाबारे प्रशिक्षण दिएका थिए ।माओ दिवसमा सुरु गरिएको अभियान पश्चिमबाट सुरु भएको प्रशिक्षण पूर्वसम्म पुग्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार