
भारतकाे बिहारकाे अरोंगावाद जिल्लामा रहेको बिगहामा एक सरकारी कर्मचारीलार्इ भारतीय माओवादीहरुले आक्रमण गरी हत्या गरेका छन्।
भारतीय माओवादीहरुले गोली चलाउँदा ५५ वर्षीय नरेन्द्र सिंहको मृत्यु भएको प्रहरीले बताएको छ। मृत्यु हुने सिहं बिहार संसदीय काउन्सिलका सदस्य रजन कुमार सिंहका काका रहेको बताइएको छ।
माओवादीहरुले नरेन्द्रको घर र त्यहाँस्थित कयाैं सरकारी कर्मचारीहरूकाे १० गाडीमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ।
यस्तै डियो प्रहरी चौकीमा कार्यरत धनन्जय सिंहको घरमा समेत माओवादीले आगजनी गरेको बताइएको छ।घटनाबारे जानकारी पाउने बित्तिकै गाउँ पुगेको प्रहरी र सेनामाथि माओवादीले गोली प्रहार गरेको र दोहोराे भिडन्त भएको जनाइएको छ।
भारतीय माओवादी रहेको अनुमानमा प्रहरीले सो क्षेत्रमा व्यापक सर्च अपरेशन संचालन गरिरहेको समाचार छ।







