१६ पुस, वीरगञ्ज । पर्सा प्रहरीले चरेससहित एक जना ट्रक चालकलाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरीका २९ वर्षीय सागर बललाई वीरगञ्ज महानगरपालिका–३१, बेल्वाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले ना ४ ख २९८५ नम्बरको ट्रकको बडी र क्यावीनको फल्स बटम बनाएर राखिएको १ सय ६० किलो चरेससहित ट्रक र यसका चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

‘ट्रकभित्र फल्स बटम बनाएको पाइएको छ । लामो समयदेखि ट्रकलाई यस्तै अवैध काममा प्रयोग गरिएको पनि हुन सक्छ’, प्रहरी उपरीक्षक ढकालले भने ‘योपटक प्रहरीलाई ठूलो सफलता मिलेको छ, थप अनुसन्धान पछि अन्य कुरा खुल्छ ।’
>

विशेष सूचनाका आधारमा चरेस बरामद गरेको प्रहरीले संलग्न व्यक्तिबारे खोजी भइरहेको जनाएको छ ।

फल्स बटम बनाएर चरेस ल्याएका ट्रक चालक बलले ६० हजार भाडा दिने भनेपछि चरेस बोकेको वयान प्रहरीसमक्ष दिएका छन् । यद्यपि, उनले पहिलोपटक यसरी चरेस बोकेको दाबी गरेका छन् ।onlinekhabar

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार