पर्सा । पर्सामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन्। पकाहा मैनपुर गाउँपालिका वडा नम्बर १ धोरेकी ५ वर्षकी बालिका बलात्कार भएकी प्रहरीले जनाएको छ । आइतबार दिउँसो आफ्नै घरमा खेलिरहेकी ती बालिकालाई घर नजिकैका एक युवकले चकलेट दिने बहानामा फकाइ–फुल्याइ लगेर बलात्कार गरेका हुन् । युवकले आफ्नो घरमा लगेर बलात्कार गरेको बताइएको छ ।

बालिकाको आवाज सुनेर उनका आमाबुवा युककको घरमा पुग्दा अभियुक्त फरार भएका थिए। बालिकाको अभिभावकले प्रहरीलाई खबर गरेपछि बालिकालाई नारायणी उपक्षेत्रीय अस्पतालमा चेकजाँच गराएका थिए।

बालिकाको स्वास्थ्य जाँचको रिपोट एक–दुई दिनमै आउने जनाउँदै बलात्कारमा संलग्न युवकको पहिचान खुलिसकेको र उनी अहिले फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार