पोखरामा एक महिलाले अस्पताल अगाडि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेकी छिन् ।
पोखरा पृथ्वी चोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल खन्याएर आँफैले आँफैलाइ आगो लगाएर जल्ने प्रयास गरेको प्रत्यक्षदर्शी सुरज गुरूङले बताएका छन् । गुरूङले उनको तस्बिर समेत खिचेका थिए ।
स्थानियका अनुसार ति महिला भारतिय हुन् । उनी केही समय अघिबाट पोखरामा बस्दै आएकी थिईन् । उनी आफैंलाई आगो लगाएर बाटोमा लडिबुडी खेलेपछि प्रत्यक्षदर्शीले आगो निभाएका थिए । उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
उनले आफैंलाई किन जलाइन् भन्ने खुलिसकेको छैन ।







