काठमाडौं । ६ वर्षकी आफ्नै छोरीलाई बलात्कार गरी हत्या गर्ने बाबुलाई भारतमा मृत्युदण्डको सजाय सुनाईएको छ । भारतमा भएको उक्त घटनामा अफजल खानले आफ्नै छोरीलाई बलात्कार पछि घाँटी थिचेर हत्या गरेका थिए । हत्या गरेर पंखामा शव झुण्ड्याइदिएका थिए । खानलाई विशेष न्यायाधीश कुमुदिनी पटेलद्धारा फाँसीको सजाय सुनाइएको थियो ।

फैसलामा भनिएको छ – अफजललाई तबसम्म फाँसीको फन्दामा झुण्ड्याइरहनु जबसम्म उसको मृत्यु हुँदैन ।’ अफजलले न्यायाधीशलाई दिएको बयानमा छोरी आफ्नो नभएको आशंका गरेर बलात्कार पछि हत्या गरेको स्वीकार गरेका छन् ।

घटना यस्तो छ –
घटना सन् २०१७ को मार्च १५ को हो । लालघाटीस्थित बरेला गाउँको उक्त घटनामा बच्चीको शव घरको पंखामा झुण्डिएको अवस्थामा पाइएको थियो ।
बच्चीको हत्या गरेपछि अफजलले कोहेफिजा पुलिसलाई छोरीको संदिग्ध परिस्थितिमा मृत्यु भएको सूचना दिएको थियो । तर डा गीता रानी गुप्ताले बच्चीको पोस्टमार्टम रिपोर्ट खुलासा गर्दै बलात्कारपछि उनको हत्या भएको बताएकी थिइन् ।

अफजललाई डीएनए टेस्टपछि पक्राउ गरिएको थियो । प्रहरीले आठ जनाको डीएनए टेस्ट गराएको थियो । बच्चीको कपडामा लागेको धब्बासंग अफजलको डीएनए म्याच खाएपछि गिरफ्तार गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार